राष्ट्रिय

ज्याकेट लगाएर राइड गर्न रोक

0Shares

काठमाडौ,चैत ११: मोटरसाइकलमार्फत सेयर राइडिङ सेवा दिँदै आएको पठाओ र ट्याक्सी चालकबीच बारम्बार विवाद आइरहन्छ । आफ्नो पेशालाई धरापमा पारिदिएको भन्दै ट्याक्सी चालक पठाओ राइडरलाई देखिसहँदैनन् ।ट्याक्सी चालकको यस्तो क्रोधको शिकार भए सोमबार एक पठाओ राइडर । सोमबार साँझ ७ बजे नयाँ बसपार्कमा यात्रु कुरेर बसिरहेका पठाओ राइडरमाथि ट्याक्सी चालक आइलागेका थिए ।पठाओ चालकका अनुसार ४ जनाको समूहमा रहेका राइडर यात्रु कुरेर बसिरहेका बेला ट्याक्सीचालकको समूह आएर उनीहरुसँग निहु खोज्न थाल्यो । ‘तिमीहरु यहाँ नबस, तिमीहरुले गर्दा हामीले यात्रु पाएनौ, तिमीहरुले हाम्रो रोजगारी खोस्यो भन्दै निहुँ खोजे,’ प्रत्यक्षदर्शी राइडरले भने ।तत्कालै १०-१२ जनाको समूहमा रहेका ट्याक्सी चालक मिलेर राइडरलाई घेरे । राइडरमध्येकै एक अगाडि सरेर ती ट्याक्सी चालकसँग प्रतिवादमा उत्रिए । दुबै पक्षका चालकबीच भ’नाभ’न भएपछि हात हा’लाहा’लको स्थिति भयो । त्यसपछि पठाओ राइडरलाई ‘तँ जान्ने भएको ?’ भन्दै सबै मिलेर उनीमाथि कु’टपि’ट गर्न थाले ।

यो विवाद पछि पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ। मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो।विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै यस्तो निर्णय गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आज (बुधबार) देखि पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन पाउने छैनन्।पठाओ सेवाको कारण आफ्नो व्यवसाय संकटमा परेको भन्दै ट्याक्सी चालकले विरोध गर्दै आएका छन्। केही ट्याक्सी चालकले भने पठाओ राइडरलाई ज्याकेट र ट्राउजर नलगाइ सेवा दिन दुई पक्षबीच भएको सहमतिलाई ‘पठाओ सेवा बन्द गर्न लागिएको’ भनेर प्रचार गर्दै आएका छन्।अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न उनले अनुरोध गरेका छन्। कोही राइडरले पठाओको ब्रान्ड झल्कने कुनै कपडा प्रयोग गरेर राइड गरे कारबाही हुने उनले बताए।कोरोना महामारीमा सरकारी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार पठाओ नेपाल प्रालीले राइडरलाई राइडको समयमा अनिवार्य प्रेटेक्टिभ गेयर ‘ज्याकेट र ट्राउजर’ को व्यवस्था गरेको थियो।

0Shares