पुंजीबजार

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

0Shares

काठमाडौ,फागुन १०: नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो ।कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ । 

पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ । पछिल्लो विवरणअनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् । यस्तै अनलाइन कारोवारका लागि नेप्सको टिएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ । पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।  आहेले घरमै बसी शेयर कारोवार गर्न सकिने भएको हुनाले पनि मानिसहरु दिनप्रतिदिन वढी रहेका छन्।

0Shares