पुंजीबजार

ज्योती लाईफ इन्स्योरेन्सको आइपिओ २१ गते बाटबिक्री खुल्ला

0Shares

काठमाडौ,फागुन १९: ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको आइपिओ फागुन २१ गते, शुक्रबारदेखि निष्कासन हुनेछ। फागुन २३ गते आइतबारदेखि निष्कासन तथा बिक्री खुल्ला गर्ने भनेकाे साधारण सेयर (आईपीओ ) काे निष्कासन मिति परिवर्तन भएकाे छ । अब उक्त सिडिएस एण्ड क्लियरिङको आग्रहमा आइपिओकाे निष्कासन मिति परिवर्तन गरिएकाे कम्पनीले जानकारी दिएकाे छ ।कम्पनीले ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।
उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

0Shares