मनोरंजन

टिकटकमा हिट चौका दाउ बोलको गित

0Shares

काठमाडौ,फागुन २७: पछिल्लो सयय नेपाली लोक संगीतमा चौका दाउ बोलको लोकगीत चर्चामा आएको छ। यो गीतमा शान्तीश्री परियार र बाबुकृष्ण परियारको स्वर रहेको छ भने संगीत संयोजन सुनिल परियारको रहेको छ। गीतमा शब्द विजय चन्द दर्पणले लेखेका हुन् भने संगीत बाबुकृष्ण परियारकै छ । डान्सिङ विटको गीतको भिडियोमा सुनिल क्षेत्री र गीता ढुंगाना फिचर्ड छन् । भिडियोलाई सुनिलले नै कोरियाग्राफी तथा निर्देशन गरेका हुन् ।सुनिल गीतले पाएको प्रतिक्रियाबाट खुसी रहेको बताउँछन् । कुनै पनि गीत चल्न शुरुमा शब्द नै राम्रो हुनुपर्ने बताउँदै उनले भने, –‘यसको शब्द र अडियो राम्रो छ । भिडियो राम्रो बनाउनुपर्छ भनेर मिहिनेत गरेका थियौं । बन्दिपुर, दमौलीसम्म पुगेर दुई दिन बढी समय लगाएर छायांकन गयौ । सायद अडियो भिडियो दुवै राम्रो भएको हुनाले श्रोता तथा दर्शकले रुचाउनुभएको हुनसक्छ भनेका छन् ।

उसो त भिडियो सार्वजनिक हुनुअघि गीतका लाइनहरु टिकटकमा चलिसकेको सुनिल बताउँछन् । ‘अहिले त टिकटक गीत प्रमोशनको गतिलो माध्यम बनेको छ । गायिका शान्तीश्री, मोडल गीता र मैले अघिल्लो दिन नै टिकटकमार्फत यो गीतको प्रमोशन शुरु गरेका थियौं । अघिल्लो दिन टिकटक बनाएको लाइनमा अर्को दिनसम्म हजारौंले टिकटक बनाईसक्नुभएको थियो’ सुनिलले भने, –‘टिकटकमा चलेपछि भिडियो कस्तो रहेछ भनेर युट्युबमा हेर्नुहुन्छ । त्यसकारण भिडियोले राम्रो भ्यूज पाउँदै गयो ।’दिपक गिरीको छायांकन रहेको भिडियोलाई अमृत चापागाँइले सम्पादन गरेका हुन् ।

0Shares