खेलकुद

टि-२० विश्वकपको सातौँ संस्करण युएई र ओमानमा हुने

0Shares

काठमाडौ,असार १८: आईसीसी पुरुष टि-२० विश्वकपको सातौँ संस्करण युनाइटेड अरब इमिरेट्स ( युएई ) र ओमानमा संयुक्तरुपमा आयोजना हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) मंगलबार प्रतियोगिता भारतबाट सर्ने अधिकारिक घोषणा गरेको हो। बहुप्रतिक्षित प्रतियोगिता अक्टोबर १७ तारिख देखि नोभेम्बर १४ तारिखसम्म संचालन हुनेछ।
युएई र ओमानमा आयोजना हुने भएता पनि प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) हुनेछ। भारतले कोरोना महामारीका कारण प्रतियोगिता आफ्नो देशमा आयोजना गर्न नसक्ने निर्णय आईसीसीलाई दिएको हो।“हामि भारतमा प्रतियोगिता आयोजना हुन नसक्दा दुखित छौँ। हाम्रो जिम्मेवारी टि-ट्वान्टी विश्वकप २०२१ सुरक्षित रुपमा निर्धारित मितिमा आयोजना गर्नु हो।” आईसीसीका कार्यवाहक अध्यक्ष जेफ अलरडाइसले जारि बिज्ञप्तिमा बताएका छन्। प्रतियोगिताको आयोजना चार ठाउँहरु – दुबई अन्तर्राष्ट्रिय स्टेडियम, द शेख जायद स्टेडीयम ( अबुधाबी ) , द शारजाह स्टेडियम र ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा गरिनेछ। पहिलो पटक एसोसिएट राष्ट्र ओमानले आईसीसी विश्वकप आयोजना गर्न लागेको हो। ओमनामा प्रतियोगिताको पहिलो चरणको खेलहरु मात्र आयोजना हुने बताईएको छ।

0Shares