टेकु अस्पतालमा कोरोना परीक्षण स्थगित
काठमाडौ,वैशाख २८ : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौ,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार पीसीआर परीक्षणका लागि आवश्यक पर्ने एक्सट्रयाक्सन किट सकिएकाले परीक्षण स्थगित गर्नु परेको हो । किट ल्याउनका लागि तत्काल प्लेन बन्द हुँदा समस्या भयो, उनले भने अवको चार/पाँच दिनपछि किट आउँछ होला ।’ किट नभएका कारण तत्काल पीसीआर परीक्षण बन्द गर्न बाध्य भएको उनले बताए । किट आइसकेपछि कोरोना परीक्षण सुरु गर्ने अस्पतालले जनाएको छ । यस्तै, अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ