Uncategorized

ठगीको माध्यम बन्दै सामाजिक सञ्जाल

0Shares

काठमाडौ,असार २४: डिभी परेर अमेरिकाको क्यार्लिफेनियामा बस्दै आएको र बिहे पश्चात अमेरिका लैजाने भन्दै ६ लाख ६० हजार ठगी गर्ने २ युवतीलाई प्रहरीले २०७७ साउन ९ गते नियन्त्रणमा लियो ।माया जालमा पारेर उक्त रकम ठगी गरेको उजुरी आएपछि प्रहरीले प्राविधिक विश्लेषणका माध्यमबाट अनुसन्धान गर्दा उक्त कार्य नेपालमै रहेका दुई युवतीले गरेको पुष्टि हुन आएको थियो ।
उक्त ठगी कार्यमा बाग्लुङ घर भई हाल भक्तपुर बस्ने २७ वर्षिय कोपिला शर्मा र सोही ठाउँ बस्ने १९ वर्षिय अमिसा केशी संलग्न रहेका थिए ।उनीहरुलाई बुटवलबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत ठिमीमा पठाइएको थियो ।त्यसैगरी केहि समय अघि जागिर लगाइदिने भन्दै फेसबुकमा जब भ्याकेन्सीको पेज बनाएर ४३ जना युवा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गर्यो, पक्राउ पर्नेमा दोलखा घर भएका काठमाण्डौको काडाँघारी बस्ने शिब खड्का रहेका थिए ।खड्काले बेरोजगार युवाहरुलाई आकर्षक तलब, सुविधा दिने आश्वासनमा पारेर १५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँका दरले इसेवा मार्फत रकम डिपोजिट गर्न लगाएर फरार भएका थिए । फरार खड्कालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको थियो ।पछिल्लो चरणमा यस प्रकारका ठगीका घटनाहरु बढ्दै गएका छन् । प्रविधि र सामाजिक संञ्जालको दुरुपयोगरी ठगी धन्दा गर्नेहरुको सक्रियता बढ्दै जादा सर्वसाधरण व्यक्तिहरु ठगिने क्रम पनि बढेको हो ।

0Shares