राष्ट्रिय

ठाडामा जारी शितगंगा महाेत्सवकाे चौथाे दिन भब्य सम्पन्न, सोमबार पुष्कर शर्माको प्रस्तुती

0Shares

ठाडा, अर्घाखाँची। कृषि पर्यटन उद्योग  ब्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मुलआधार भन्ने मुल नाराका साथ सुरु भएको प्रथम सितगगां महोत्सबको आज चौथो दिन पनि भव्य रुपमा सम्पन्न भएको छ ।

महोत्सवका चौथोे दिन पाचँलाख वरावरको आर्थिक कारोवार ,र २ हजार ५ सय दर्शले महोत्सवको अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

गत फागसन १गतेदेखि जारी सितगगां महोत्सवको चौथो दिन आइतबार लोकदोहोरि गायिका शान्ती श्री परियारले उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिनुका साथै सबैका आखामा आँसु रसाउने बनाएकी छन् ।
बहुचर्चित गीत बोलमाया गाउँदै स्टेज उक्लेकी गायिका परियारले स्टेजमा दर्जनौ गित गाएर दर्शकहरुलाई नचाएकी थिईन भने बोलमाया गीत गाउँदा दर्शकहरु स्तब्ध भएका थिए। साथमा आज महोत्सवमा चर्चित गायक पकंज क्षेत्री ,गायक अर्जुन मिश्र, गायिका विमला सोती ,डान्सर सारदा भुसाल लगायत स्थानिय कलाकारको साथमा छमछमि कलाकेन्द्र चन्द्रौटाको वेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए ।

त्यस्तै महोत्सवको पाचौँ दिन सोमबार राष्ट्रियलोक तथा चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा ,चर्चित गायिका बर्षा लम्साल ,गायिका सविना खनाल हास्यकलाकार भुवनेश्वर अधिकारी लगायत स्थानिय कलाकार ,छमछमिकला केन्द्रको प्रस्तुति साथमा प्रथम सितगां डान्स आइडलका प्रतिसप्रधिहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
सितगगां उद्योग  वाण्ज्यि संघको आयोजना तथा सितगगां नगरपालीकाकको सहआयोजनामामा सञ्चालित प्रथम शितगागां कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सवको मुख्य आकर्षकको रुपमा लिएको प्रथम सितगगां डान्स आइडलमा प्रतिशप्रधाको मैदानमा होमएका १२ जना प्रतिहप्रधिहरु मध्ये सनिवार दर्शकहरु बाट पाएको भोट र हिजोे देखाएको प्रष्तुतिको को आधारमा आज सफलता बेल्बासे बाहिरीए सगैँ भोली डान्स आइडलको चौथो दिन ११ जना प्रतिशप्रभाको मैदानमा उत्रिने मिडिया संयोजक सचिन बोहाराले जानकारी दिए ।

डान्स आइडलमा प्रथम पुरस्कार रु ४०हजार दोस्रो पुरस्कार रु २० हजार र सन्त्वना पुरस्कार रु १० हजार रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । प्रथम शितगङ्गा खुल्ला डान्स आइडलको आइडलमा निर्णायक को भुमिका डान्सर तथा मोडल निर्देशक शुमन पौडेल तथा डान्सर तथा मोडल निर्देशक हरी रीजालको रहेको आयोजकले जानकारी गराएको छ।
महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक र पर्यटक तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । महोत्सवमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, मतकाकुवा स्थानीय दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं बिक्री, रमाईलो मेला, स्थानिय उत्पादनमा कृषि उपज तथा , डोका नाम्ला देखि बाँसमा मान्द्रा, बुढा लगायत बिभिन्न उत्पादनको सामाग्रीहरुको प्रदशन तथा बिक्री बितरण राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रदर्शनी लयायत विविध प्रस्तुति मेलाका प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

महोत्सवले ऐतिहासिक धार्मिक संस्कृतिक ग्रामीण पर्यटकीय क्षेत्र तथा पुरातात्विक स्थलहरुको प्रचार प्रसारमा टेवा पुराउने आयोजकले जानकारी गराएको छ । उक्त मेलामा १०५बढि बिभिन्न खालका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सव अवधिभर २ करोड बरावरको आर्थिक कारोवार र ६० हजार भन्दा धेरै दर्शकहरुले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्ष रहेको छ । महोत्सव फागुन १ गते देखि फागुन १२ गते सम्म लाग्ने आयोजकले जानकारी दिएको छ । अर्घाखाँची.कममा प्रकाशित समाचार

0Shares