कृषि

डढुवाले खेतबारीमै टमाटर सखाप

0Shares

जिल्लाका व्यवसायीकरुपमा टमाटर खेति गरेका कृषकहरुले यस वर्ष लाखौ रुयैयाको नोक्सानी बेहोर्नु परेको छ ।

समय समयमा भएको बेमौसमी वर्षादका करण तयार हुन लागेको खेतिमा डढुवा रोगका कारण कृषकहरुले नोक्सानी बेहोर्न परेको हो ।

तानसेन ९ तिन्टीआपका कृषक राम प्रसाद पुरीले एक हप्तामा तयार हुने बोटमा महामारीका रुपमा डढुवा एका एक रोगले आक्रमण गरेपछि ५ देखि ७ रुयैयाको नोक्सानी भएको बताए । व्यवसायीका रुपमा टमाटर खेती गरेर राम्रो आम्दानी गर्ने सपना बुनेका जिल्लाका दुईसय भन्दा बढि कृषकहरुलाइ टाउको नै समाउने गरी नोक्सानी पुर्याएको अर्का अगुवा कृषक धुव्र भण्डारी बताउँछन । यस वर्ष निरत्तर रुपमा वर्ष भएको कारण महामारीका रुपमा डढुवा रोग फैलिदा एक करोड भन्दा वढि एउटा गाउमा नोक्सान भएको उनले बताए ।


जिल्लाको रामपुर, अर्गेली, बिरकोट, पुर्वखोला, मित्याल, रहवास, मस्याम, तेल्घा, मुझुङ, फेक जस्ता दर्जनौ गाउमा व्यवसयीकरुपमा टमाटर खेती गर्दै आएको कृर्षि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख शिब प्रसाद अर्याल पनि टमाटरको बोटमा डढुवाको आक्रमण गर्दा कृषकहरुलाइ यो वर्ष नराम्रो संग क्षति पुर्याएको बताए ।
रैनादेवी गाउ पालिकाको मुझुङ्घका कृषक एवं वडा अध्यक्ष हुमान सिहं कार्की पनि बेमौसमी वर्षादका कारण टमाटर खेति गरेका कृषकलाइ नोक्सानी भएको बताउदै आफुलाइ यस वर्ष १५ लाख भन्दा बढि नोक्सान भएको र आफ्नो गाउमा दुइ करोड भन्दा बढिको नोक्सान भएको बताउँछन् मुझुङमा उत्पादित टमाटर पोखरा, चितवन सम्म दैनिक दुइ ट्क निर्यात हुने हो । तर यस वर्ष ठुलो नोक्सानी भयो । रोगका विरुद्ध प्रयोग गरिने औषधी स्थानिय बजारमा पाइदैन् ।भ एको पनि सकियो बाहिर जान बन्दा बन्दी भयो, त्यसले गर्दा पनि समस्या भएको कृषक कार्की बताउछन् । दिनहुँ जसो पानी परिरहदा औषधी छरे पनि कुनै अर्थ नरहने , रोगका विरुद्ध छरिएको औषधी पानीले पखालिदिने गर्दा औषधीको कुनै अर्थ नरहेको कृषि ज्ञान केन्द्रका प्रमुख अर्याल बताए ।

पुर्वखोला गाउपालिकाको विरकोटको कृषक सन्त बहादुर सुनार पनि यस वर्ष सात लाख रुपियाको नोक्सानी भएको बताउछन् । रामपुर नगरपालिकाका सन्तोष घर्ति पनि व्यवसायीक रुपमा खेतो गरेको पहिलो वर्षको पहिलो वाली बाट यसरी नोक्सानी हुर्दा उत्साह र उर्जा हराउदै गएको बताउाछन् । तिन हजार वोटमा फल लागेको थियो । अन्तिम अन्तिम समयमा फलदेखि वोट सम्म सबै डढेर सखपै भएको कुरा उनले बताए । कृषकलाइ नोक्सानी नै भएको भए त्यस वियषमा स्थानिय सरकारले पुनः बिचार गर्न सकिने र केहि गर्न सकिन्छ तर तत्कालको अवश्थामा वर्तमान परिस्थिति र अवस्थाका कारण ध्यान शक्ति अन्यत्र लगानीगर्न परेकोले आगामीक आर्थिक वर्षमा राहात उपलब्ध गराउन सकिने माथागढी गाउपालिकाका सन्तोष थापा बताउँछन् ।


केही दिनमा क्षेतीको बिवरण संकलन गरिने र भावी योजना बनाइने रैनादेबी गाउपालिकाका अध्यक्ष राम बहादुर कार्की बताउँछन् । व्यावसायीक खेती गरेका कृषकहहरुलाइ व नोक्सानी भएका बुतबलमा बजारको व्यवस्था नभए कृषकहरुमा भएको उर्जामा हस आउने रहवासका इन्द्र बहादुर सुनारी बताउँछन ।

Source:Butwaltoday

0Shares