पुंजीबजार

डिम्याट खाता मध्ये कती प्रतिशतले आईपीओमा आवेदन दिन्छन त्?

0Shares

काठमाडौ,फागुन २९: लकडाउन पछि आईपीओमा आवेदन गर्नेको संख्या निरन्तर बढ्दै गइरहेको छ। ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गते देखि २६ गते सम्म निष्काशन गरेको आईपीओमा डिम्याट खाता खोल्ने मध्ये ५८ प्रतिशत भन्दा बढीले आवेदन गरेका छन् । प्राथमिक बजारबाट १०० रुपैयाँ लगानी गरेर दोस्रो बजारमा बिक्रि गर्दा राम्रो आम्दानी हुनेभएपछि आईपीओमा आवेदन गर्नेको संख्या ह्वातै बढेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार रहेको छ । त्यस मध्ये ५८.१७ प्रतिशत अर्थात १८ लाख ३२ हजार आवेदकबाट ज्योति लाइफको आईपीओ आवेदन दिएका छन् । आईपीओ आवेदन गर्नेको यो संख्या हालसम्मकै उच्च हो । यो प्रारम्भिक तथ्यांक भएकोले अझै ज्योति लाइफको आईपीओ आवेदन गर्नेको संख्या बढ्न सक्ने देखिन्छ ।यस अघि महिला लघुवित्तको आईपीओमा १५ लाख ३६ हजार, ग्रीनलाइफ हाइड्रोपावरमा १३ लाख २२ हजार, नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा १४ लाख ७५ हजार र चन्द्रागिरि हिल्समा १२ लाख ११ हजार बराबरको आवेदकबाट आवेदन परेको थियो ।

0Shares