ब्लग /साहित्य

तब एक पुरुष.. पुरुष बाट बुबा बन्छ ..

0Shares
  • जब श्रीमती ले आफै आमा बन्दैछु भनी खबर सुनाउछिन र उसले यो खबर सुनेर , आँखाबाट तप्प खुशी को आँसु खसाल्छ…।
  • नर्स द्वारा कपडामा बेरेर केहि पाउण्ड’को जिबको जिम्मेवारी भारी बोझ गराउछिन…।
  • रात- आधिरात उठेर श्रीमतीको साथमा नानिको डायपर फ़ेर्छ र बच्चालाई कम्बरमा उठाएर वरिपरि घुम्छ , उसलाई चुप गराउछ, श्रीमती’लाई भन्छ तिमी सुत म यसलाई सुताइदिन्छु…।
  • साथिहरुको साथमा घुमफिर गर्दा, पार्टी गर्दा, जब मन खल्लो लाग्न थाल्छ खुट्टाहरु घरतिर दौडन्छन…।
  • फिल्म हलमा टिकट लिन म कहिले लाइनमा लागिन भन्नेहरु छोराछोरिको स्कुलमा Admission को फर्म भर्नको लागि पूरा इमानदारी ले बिहान् ४ बजे देखि नै लाइनमा उभिन लाग्छन्..।
  • जसलाई बिहान उठाउनु पर्दा साक्षात कुम्भकर्णको याद दिलाउथ्यो र उ जब रातमा पटकपटक उठेर यो हेर्न थाल्छ कि आफ्नो हात वा खुट्टा कतै बच्चा माथी त लागेन.. एवम् सुत्नको लागि सावधानी अपनाउन थाल्छ…।
  • बास्तबमा एक थप्पड हान्दा अगाडिको मान्छेलाई भुइँमा सुताउन उ स्वयम सक्षम छ , तर आफ्नो बच्चाको झुटमुटको नाजुक थप्पड खाँदा उ भुइँमा लड्छ…।
  • आफू भलै कम पढेको होस् वा नपढेको होस् , कामबाट घर आएपछि छोराछोरी लाई ” पढाइ बराबर गराउन, होमवर्क गरेको छ छैन” धेरै नै गम्भीरता पुर्वक ले भन्छ…।
  • भोलिको मिहेनतमा रमाउनेले आज एकाएक छोराछोरिको भबिस्यको लागि सम्झौता गर्न थाल्छ…।
  • आफू अफिसको हाकिम , कयौलाई आदेश दिने वाला , स्कुलको पेरेंन्टस मिटिङमा क्लास शिक्षकको अगाडि डराएको अनुभुती लिएर कानमा तेल हालेको जस्तो गरि उसको हरेक निर्देशन ध्यान दिएर सुन्न थाल्छ…।
  • आफ्नो पदोन्नति भन्दा पनि धेरै छोराछोरिको स्कुलको अर्धबार्षिक टेस्ट परिक्षाको बढी चिन्ता गर्न थाल्छन्…।
  • आफ्नो जन्मदिनको खुशी भन्दा धेरै छोराछोरिको Birthday पार्टी को तैयारिमा लाग्न थाल्छन्… ।
  • जहिले राम्रो-राम्रो गाडीमा घुम्ने वाला , जब छोराछोरिको साइकलको सिट पक्डिएर उसको पछि दौडिनमा खुशी हुन थाल्छन्… ।
  • आफैंले देखेको संसार , र आफैले गरेको अनगिन्ती गल्तिहरु छोराछोरिले नगरुन भनी उनीहरुलाई बेलाबेलामा सम्झाई रहन्छन्…।
  • छोराछोरिलाई कलेजमा प्रवेश गराउनका लागि जसरी पनि पैसा लिएर अथवा प्रभुत्वशाली ब्यक्तिको अगाडि दुबै हात जोड्न थाल्छन् … ..

” तपाईंको बेलाको समय फरक थियो ,
अब संसार बद्लिएको छ ,
तपाइँलाई केहि थाहा छैन “

यो शब्द आफैले भनेको याद आउँछ र मनमनै बुबालाई याद गरेर माफी माग्न थाल्छ…।छोरा घर बाहिर जान्छ , छोरी बिबाह गरि पराइघर जान्छिन यो कुरा थाहा हुँदाहुँदै पनि , उनीहरुको लागि सतत प्रयत्नशील रहन्छन्… ।छोराछोरिलाई हुर्काउदा उर्काउदै कहिले बुढेसकाल लाग्यो यसमा ख्यालै जाँदैन , र जब ख्याल आउँछ तब उसको केहि अर्थ रहँदैन… ।

सम्पुर्ण बुबाहरुमा समर्पित 💐

0Shares