राष्ट्रिय

तराईमा आज होली, जनकपुरमा भोलि मनाइने

0Shares

रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ ।

जनकपुरबाहेक तराईमा आज धुमधामका साथ होली पर्व मनाईंदैछ । जनकपुरमा भने भोलि मात्र होली मनाउने तयारी छ ।

१५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार जनकपुरमा तराईका अरु ठाउँभन्दा एकदिन ढिलो होली मनाउने गरिन्छ ।

काठमाडौं उपत्यकासहित पहाडि र हिमाली जिल्लाहरुमा भने हिजो होली मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रह्लादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर प्रह्लादलाई केही नभएको कथा जोडिन्छ ।

शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी पुतनाले विष दलिएको स्तन चुसाउन लाग्दा कृष्णले उनलाई नै मारेपछि यो पर्व सुरु भएको हिन्दु धर्मशास्त्रमा उल्लेख छ ।

Source:Imagekhabar.com

0Shares