राष्ट्रिय

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

0Shares

काठमाडौ, फागुन १८ : ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बालनरसिंह राणाले बताए । उनका अनुसार स्थानीयले चालीस घर जलेको जानकारी प्रहरीलाई दिएका छन् ।

आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ ।दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

0Shares