तिलोत्तमा मणिग्रामको क्रिमशन अस्पताल शिल
जेष्ठ ५ सोमबार,रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा शिल गरिएको छ ।
अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो ।
उपचारको क्रममा गुल्मीको मदाने गाउँपालिका वडा नं. २ का ४१ बर्षका एक पुरुषमा कोरोना संक्रमण भेटिएको र उनको अस्पतालको संघन कक्षमा उपचार भइरहेको स्रोतको भनाई छ । शिक्षण पेशामा संलग्न उनि जण्डिस भएका कारण उपचारकालागी जेस्ठ १ गते गुल्मी बाट बुटवल आएका थिए । उनको क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।