राष्ट्रिय

तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य

0Shares

काठमाडौं, पुस २३:  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी पढ्न प्रवेश परीक्षा अनिवार्य गरेको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले प्रवेश परीक्षा अनिवार्य गर्ने निर्णय गरेको हो ।नेपाल ल क्याम्पसले माघ १७ मा प्रवेश परीक्षा समेत लिने कार्यतालिका सार्वजनिक गरेको छ ।नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, शंकरदेव क्याम्पस र महेन्द्ररत्न क्याम्पसमा परीक्षा केन्द्र तोकिएको ल क्याम्पसले जानकारी दिएको छ ।

0Shares