राष्ट्रिय

तोकेकै समयसीमा भित्र संसद् बैठक बोलाउने निर्णय

0Shares

काठमाडौ,फागुन १२: नेकपा ओली पक्षको स्थायी समिति बैठकले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने निर्णय गरेको छ । बैठकले अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको पनि ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले राजनीतिक परिस्थितिमा अन्य राजनीतिक दलहरुसँग परामर्श गर्ने निर्णय पनि गरेको छ ।बैठकले देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।  ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ । 

0Shares