राष्ट्रिय

त्रिविका क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने

0Shares

काठमाडौ,वैशाख ७ : त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसले पठनपाठनको विधि आफैं रोज्न पाउने भएका छन। सरकारले कोरोना भाइरस अति प्रभावित जिल्लाहरुको शिक्षण संस्था बन्द गर्ने निर्णय गरेपछि त्रिविले भने अनलाइनमार्फत वा भौतिक रुपमा कक्षा सञ्चालन गर्ने निर्णय सम्बन्धित क्याम्पसलाई नै गर्न दिएको हो। क्याम्पसले संक्रमितको अवस्था हेरी वैकल्पिक माध्यमबाट वा भौतिक उपस्थितिमा प्रत्यक्ष कक्षामा पठनपाठन गराउने भन्ने विषय रोजेर त्यहि अनुसार पठनपाठन गराउन पाउने छन् ।
पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइएको शिक्षाध्यक्ष शिवलाल भुसालले जानकारी दिए । त्यही अनुसार नेपाल ल क्याम्पसले सोमबारदेखि एलएलएमका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गरेको छ ।

0Shares