राष्ट्रिय

त्रिवि शिक्षण अस्पतालमा १० वटा भेन्टिलेटर थपियो

0Shares

काठमाडौ,वैशाख २५ : पछिल्लो समय देशमा कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जादा अस्पतालमा बिरामीको चाप बढ्दै गईरहेको छ । यसै बिचमा काठमाडौँ महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ । भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आइरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो ।
महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष शनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताए ।

0Shares