राष्ट्रिय

थप चार सय ८८ जनामा संक्रमण

0Shares

काठमाण्डौ, पुस २७: सोमबार थप चार सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ । सोमबारसम्म नेपालमा चार हजार तीन सय ७३ जना सक्रिय संक्रमित छन् । यस्तै दुई सय ३७ जना क्वरेण्टीनमा रहेका छन् । यस्तै २४ घण्टामा पाँच सय २७ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म दुई लाख ५८ हजार नौ सय ६८ जनाले कोरोनालाई जितेका छन् । २४ घण्टामा १० जनाको ज्यान गएसँगै कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय २७ पुगेको छ ।

0Shares