राष्ट्रिय

थप १६७ जानामा कोरोना संक्रमण पुस्टी

0Shares

काठमाडौ,चैत १७: पछिल्लो २४ घण्टामा १ सय ६७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ सय १५ जना संक्रमणमुक्त भएका छन् ।यस्तै, ३ संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ३१ सय ४० जनाको पीसीआर परीक्षण भयो । आज थपिएकासँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ । जसमध्ये २ लाख ७२ हजार ७ सय २७ जना निको भएका छन् भने ३ हजार ३० संक्रमितको मृत्यु भएको छ ।आज सक्रिय संक्रमितको संख्या १३ सय ९० रहेको छ भने ५३ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

0Shares