राष्ट्रिय

थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार २७ : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ५३३ जना संक्रमणमुक्त भएका छन् । यस्तै सोही अवधिमा २० जनाले ज्यान गुमाएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३५ जनाको पिसिआर र ३ हजार ६ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकामा पिसिआरबाट १ हजार २ सय ३७ र एन्टीजेनबाट ५ सय ९४ जना पोजेटीभ देखिएको हो ।

0Shares