राष्ट्रिय

थप २०१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार १२ : पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ । कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ ।

0Shares