राष्ट्रिय

थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,चैत २४: देशभर थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २६० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।त्यस्तै, मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ ।

0Shares