राष्ट्रिय

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार २१ : पछिल्लो २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २३ को मृत्यु भएको छ । यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७(पीसीआर) र ३८ हजार ९९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।

0Shares