राष्ट्रिय

थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार ९ : पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् । सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ३ हजार २३४ जना रहँदा अरु संक्रमित होम आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

0Shares