राष्ट्रिय

थप २ हजार ९ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

0Shares

काठमाडौ,असार ३० : पछिल्लो २४ घण्टामा देशभर १३ हजार २४ जनामा कोरोना परीक्षण गर्दा २ हजार ९ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा १८ जनाको मृत्यु भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा ६९, ललितपुरमा ६२ र काठमाडौंमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

0Shares