राष्ट्रिय

थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि

0Shares

काठमाडौ,साउन ५ : पछिल्लाे २४ घण्टामा १३ हजार १३५ जनाको स्वाब परीक्षण हुँदा ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

0Shares