राष्ट्रिय

थप ४२१ जानामा कोरोना सक्रमण पुस्टी

0Shares

बितेको २४ घण्टामा देशभर चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै काठमाडौंमा एक सय ६०, ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाडौं उपत्यकामा एक सय ९७ जनामा संक्रमण देखिएको छ ।

पाँच हजार आठ सय जनाको पीसीआर परीक्षण भएकोमा देशैभर चार सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबारसम्म पाँच हजार चार सय ८७ जना सक्रिय संक्रमित छन् । यस्तै तीन सय ६७ जना क्वरेण्टीनमा छन् ।

यस्तै बितेको २४ घण्टामा ६ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै संक्रमणपछि निको हुनेको संख्या दुई लाख ५४ हजार चार सय ९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट आठ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ७८ पुगेको छ । नेपालमा अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ५९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

0Shares