खेलकुद

दक्षिण अफ्रीका चौथो खेलमा २१ रनले पराजित

0Shares

काठमाडौ,असार १८: दक्षिण अफ्रीकालाई चौथो खेलमा २१ रनले पराजित गर्दै वेस्टइन्डिजले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज एक खेल बाँकि रहंदा २-२ को बराबरी गरेको छ । सेन्ट जर्ज ग्रेनाडा स्थित नेसनल स्टेडियममा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १६८ रनको लक्ष्य पछ्याउने क्रममा भ्रमण टोलि दक्षिण अफ्रीकाले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १४६ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रीकाको लागि ओपनर क्विन्टन डीककले सर्वाधिक ६० रन बनाए जुन क्रममा ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे। एडेन मारक्रमले २०, कागीसो आरबाडाले अविजित १६ तथा डेभिड मिलरले १२ रन योगदान दिए।डीकक क्रिजमा हुँदा १७ ओभरमा १२६/६ को अवस्थामा रहेको दक्षिण अफ्रिकी इनिंग्सलाई १८ औं ओभरमा ड्वेन ब्राभोले डीकक सहित तिन विकेट लिंदै तहसनहस पारे। ड्वेन ब्राभोले ४ विकेट ( ४-०-१९-४ ) लिंदा आन्द्रे रसेल ( ४-०-३०-२ ) तथा क्रिस गेल, ओबेद म्याकोय र काइरन पोलार्डली समान १ विकेट लिए। यो ब्राभोको टि-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट बलिंग प्रदर्शन हो।

0Shares