अन्तराष्ट्रिय

दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु फेरि बढ्दै

0Shares

काठमाडौ,असार: २५ दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु फेरि बढ्न थालेका छन् । केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि यहाँ कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । केही दिनमा गर्मी मौसमको विदा सुरु हुँदैछ । यही विदाको पूर्व सन्ध्यामा यहाँ कोभिड संक्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको हो ।
दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १२ सयभन्दा बढी संक्रमित पाइएका छन् । योसँगै कोरियामा कोभिड बिरामीको संख्या करिब १ लाख ६३ हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरुले गएको ६ महिनापछि यहाँ यति धेरै संख्यामा संक्रमित भेटिएको बताएका छन् । मृत्यु हुनेको संख्या भने तुलनात्मकरुपमा थोरै रहेको छ ।

0Shares