राष्ट्रिय

दाङमा तीन जना भेटिएसँगै प्रदेश ५ मा १०५ संक्रमित

0Shares

दाङमा तीन जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसरी भेटिनेमा गढवा गाउँपालिकाका २ जना र तुलसीपुर उपमहानगरपालिकाका १ जना छन् । यससँगै प्रदेश ५ मा संक्रमितको संख्या १०५ पुगको छ भने प्रदेश ५ मा कोरोना संक्रमित हुने जिल्लाको संख्या पनि ६ पुगेको छ ।

ति नयाँ संक्रमितको स्वास्थ्य सामान्य रहेको मन्त्रालयको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस अघि बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा संक्रमित भेटिएका थिए ।

शुक्रबार नौ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको सख्या पनि बढेर २६७ जना पुगेको छ ।

Source:Butwaltoday

0Shares