खेलकुद

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित

0Shares

काठमाडौ,वैशाख १३: इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई सुपर ओभरमा हराएको हो । एमए चिन्दमबर्मा क्रिकेट स्टेडियममा सुरुमा ब्याटिङ गरेकाे दिल्ली क्यापिटल्सले निर्धारित २० अ‍ाेभरमा ४ विकेट गुमाएर १५९ रन बनाएकाे थियाे । १६० रनकाे लक्षसहित जवाफी ब्याटिङ गरेकाे हैदराबादले पनि निर्धारित २० ओभर खेलेर ७ विकेटकाे क्षतिमा १५९ रन नै बनायाे ।
त्यसपछि खेल सुपर ओभरमा गएकाे थियो । सुपर ओभरमा हेदराबादले दिल्लीलाई ८ रनको लक्ष्य दियो । उक्त लक्ष्य दिल्लीले पूरा गर्न सफल भयो । यसअघि हैदराबादका लागि केन विलियन्सनले ६६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै जोनी बेइरेस्टोले ३८ रन बनाए । बलिङतर्फ दिल्लीका लागि आभास खानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै अक्षर पटेलले २ विकेट लिँदा अमित मिश्राले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६९ रन बनाएकाे थियाे । दिल्लीका लागि पृथ्वी श्वले ५३ बलको अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान रिशव पन्तले ३७ रन बनाउँदा स्टिभ स्मिथले ३४ तथा शिखर धावनले २८ रनको योगदान गरे ।बलिङतर्फ हैदरावादका लागि शिदार्थ कउलले दुई विकेट लिए । त्यस्तै राशिद खानले १ विकेट लिए । जित निकाल्दै दिल्ली दोस्रो स्थानमा उक्लेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । हैदरावाद २ अंक सहित तालिकाको सातौँ स्थानमा छ ।

0Shares