राष्ट्रिय

दुर्गा प्रसाईलाई कारबाही माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव

0Shares

बंगलादेशमा अध्ययनत नेपाली चेलीले आफ्नो अस्मिता बेचेर मात्रै डाक्टरको प्रमाणपत्र लिनेको विवादास्पद अभिव्यक्ति दिएका बीएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईविरुद्ध संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसकी सांसद् डिला संग्रौला (पन्त) ले आइतवार संसद सचिवालयमा प्रसाईलाई कारबाही माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुनु् ।

संग्रौलाको प्रस्तावमा कांग्रेसकै सांसदहरु लक्ष्मी परियार र प्रमिला राईले समर्थन गरेका छन् । डा गोविन्द केसीको अनशन चलिरहेका बेला प्रसाईले बंगलादेशमा पढ्ने नेपाली चेलीले अस्मिताभ बेचिरहेको भनेर बोलेको १४ महिनाअघिको भिडियो भाइरल भएको थियो ।
 

0Shares