राष्ट्रिय

देउवाको प्रस्ताव पहिलो चरणमा तीनजना मन्त्री बनाउने

0Shares

काठमाडौ,असार २९ : सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्कै गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेका हुन् । मन्त्रिपरिषद्को संख्या र सदस्यबारे उनीहरूले टुंगो लगाउने एक माओवादी नेताले बताए । राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ । अदालतले मंगलबार ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ ।

0Shares