राष्ट्रिय

देउवाले पठाए महन्थ ठाकुरलाई पत्र

0Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनी पत्र पठाएका छन् । प्रधानमन्त्री देउवाले पत्रमा लेखेका छन्,–प्रतिनिधिसभाको बैठकमा विश्वासको मत निले कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
अध्यक्ष ठाकुर पक्षको हिजो बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । यसअघि महन्थ ठाकुरको पक्षमा रहेको २० सांसदमध्ये अब १२ जना मात्र बाँकी रहेका छन् ।

0Shares