राष्ट्रिय

देउवा सरकारले तोक्यो दश प्राथमिकता

0Shares

काठमाडौ,असार ३० : नव गठित देउवा नेतृत्वको सरकारले मंगलबार राति सिंहदरबारमा बसेको बैठकबाट आफ्ना प्राथमिकता निर्धारण गरेको छ । सरकारका प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देउवा सरकारले १० वटा प्राथिकमता निर्धारण गरेको जानकारी गराए ।

देउवा सरकारका प्राथमिकतामा परेका विषयहरु क्रमश शान्ति सुव्यवस्था, कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरूत्थान, विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, विपदको प्राथमिकताका साथ व्यवस्थापन र स्थानीय निर्वाचन रहेका छन् ।

0Shares