देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ? : प्रचण्ड
काठमाडौं, माघ २८ : आजको विरोध प्रदर्शनमा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न आग्रह गरेका छन् ।
माघ ९ कादिन प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले गरेको सभा माथि आफ्नो भनाइ राख्दै प्रधानमन्त्री ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने भनेका थिए । सोहीअनुसार ओली समूहले काठमाडौंमा माघ २३ गते शक्ति प्रदर्शन गरेको थियो ।
बुधबार प्रचण्ड–माधव समूहले गरेको सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् । आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’
आजको उपस्थितिले अदालतलाई पनि फैसला गर्न सहज भएको टिप्पणी गरे । ‘यो उपस्थितिले अदालतलाई संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा फैसला गर्न सहज भएको छ’ उनले भने।अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने समेत चेतावनी दिए ।