देशभरका शिक्षण संस्था बन्द
काठमाडौ,चैत १६: सरकारले चारदिन देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।शुक्रवारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न बढेको वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलवारदेखि शुक्रवारसम्म देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।