राष्ट्रिय

धनकुटा नगरपालिकाले दिन थाल्यो रोजगारी

0Shares

धनकुटाको धनकुटा नगरपालिकाले विपन्न र श्रमिकका परिवारलाई उपलब्ध गराउँदै राहतको स्वरुपमा परिवर्तन गरि त्यस्ता परिवारलाई नगरमा संचालित निर्माण आयोजनामा रोजगारि उपलब्ध गराउन थालेको छ ।

चैत ११ गते देखि सरकारले लगाएको लकडाउनका कारण श्रमगर्न नपाएका मजदुरहरु लाई थानिय सरकारले चरण–चरणमा वितरण भएको राहतले खर्च धान्नै नसक्ने अबस्था आएको भन्दै नगरपालिकाले राहतको साटो विपन्न तथा श्रमिकका परिवारलाई रोजगारि उपलब्ध गराउने थालेको छ ।

लकडाउनकै अबधिमा धनकुटा नगरपालिकाले शहरी सडक, सिंचाई, संचार तथा खेलकुदका पूर्वाधार संरचना निर्माणको काम सुचारु गरेको हो ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले भने “अहिले सरकारले लगाएको लकडाउन कहिले सम्म रहन्छ भन्न सकिने अवश्था छैन लामो समय सम्म लकडाउन भएमा राहत वितरण गर्नका लागि स्रोत साधनको समेत कुरा हुने भएकोले राहतको साटो रोजगारी तर्फ श्रमिक र मजदुर परिवार लाई लगाएका छौ ” ।

नगरपालिकाले नगरपालिका भित्र संचालन भएका योजनामा सामाजीक दुरी कायम गर्दै आयोजनाका काम संचालनमा ल्याएको छ ।

Source:Dhankutakhabar

0Shares