राष्ट्रिय

धरानमा बन्दको प्रभाब शैक्षिक संस्थाको पठनपाठन प्रभावित

0Shares

काठमाडौँ,माघ २२; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको आह्वान गरेको आमहड्तालका कारण प्रहरी प्रशासनले धरानमा पनी सुरक्षा व्यवस्था निकै नै कडा बनाइएको छ ।गृह मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा प्रचलित कानुन विपरीत शान्ति सुरक्षामा खलबल पुग्ने गतिविधि भएको भन्दै त्यस्ता गतिविधिहरु हुन नदिने भन्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थीयो ।

धरानमा बन्दकाे प्रभाव परेकाे निकै परेकाे देखिन्छ । सबै जसाे शैक्षिक संस्थाको पठनपाठन प्रभावित भएकाे छ । बजार तथा बाटो सुनसान छ ।धरानकाे भानुचौकमा बन्द कर्ता ठुलाे सख्या देखिएका छन् । धरानबाट लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेका छैनन् । त्यसैगरी प्रचण्ड–नेपाल समूहको राष्ट्रिय युवा संघका धरान उपमहानगर सह–संयोजक लगायत तीन दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

0Shares