कृषि

धान दिवस मनाइँदै-असार १५

0Shares

काठमाडौ असार १५ : आज असार १५ राष्ट्रिय धान दिवस देशभरी मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा मनाइने चलन छ । खेति पतिको काममा थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने प्रचलन रहेको छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूरा खानाले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ ।

0Shares