पुंजीबजार

धितोपत्र बोर्डले गर्यॊ प्रिओपन सेसनको मूल्य परिवर्तन

0Shares

काठमाडौ,असार १० : नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात प्रि ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ । बोर्डले हाल ५ प्रतिशत रहेको यस्तो सिमालाई घटाएर २ प्रतिशतमा झारेको हो । अब प्रि ओपन सेसनमा शेयरमूल्य २ प्रतिशत तल माथि मात्रै कारोबार हुनेछ । बोर्डले प्रारम्भिक सत्रमा भइरहेको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ ।
त्यसैगरी बोर्डले धितोपत्र कारोबार हुँदा न्युनतम मूल्य परिवर्तनको सीमा (टिक साइज) लाई समेत घटाएको छ । हल न्युनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको छ । बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन –धितोपत्र कारोबार संचालन (दोस्रो संशोधन) विनियमावली, २०७८) स्वीकृत गरेको छ । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यन्वयनमा ल्याउने बोर्डले जनाएको छ । छिमेकी देश लगायत अन्तराष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोबारको न्युनतम मुल्य सीमालाई परिवर्तन गरिएको र यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धा मूल्यमा खरिद बिक्री गर्न सक्ने बोर्डले जनाएको छ ।

0Shares