राष्ट्रिय

नयाँ अर्थ मन्त्री पदभार ग्रहणसँगै शेयर बजारमा कस्तो प्रभाब पर्ला त्

0Shares

काठमाडौ,असार ३१: नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै अर्थमन्त्री सामु धेरै चुनौतिहरु पनि थुप्रिएका छन् । सबैभन्दा ठूलो चुनौति भनेको करोनाका कारण तहशनहश भएको अर्थतन्त्रलाई उकास्नु रहेको छ । यो बाहेक निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने अवस्था छ । यसैगरी, सेयर बजारका लगानीकर्ताको मन जित्नुपर्ने अवस्था पनि छ ।नवनियुक्त अर्थमन्त्री शर्मालाई सेयर बजारका लगानीकर्ताले आशाको केन्द्रको रुपमा लिएका छन् । सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाउन उनले भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ । यसबाहेक अर्थमन्त्री समक्ष पुँजीगत खर्च बढाउनुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने, आर्थिक वृद्धिको लक्ष्यलाई पूरा गर्नुपर्ने, विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने लगायतका प्रमुख जिम्मेवारी शर्मासामू रहेको छ ।
विगत वर्षहरुमा प्रजातान्त्रिक शक्ति नेतृत्वमा हुँदा पुँजी बजार सकारात्मक गतिमा अघि बढ्दै गएको इतिहास छ । विशेषगरी काँग्रेसको सिद्धान्त र नीति पनि प्रजातान्त्रिक तथा खुला अर्थतन्त्रमुखी हुने भएकाले पनि यो सरकारका नीति पनि पुँजी बजारमैत्री हुने विश्वास गर्न सकिन्छ । यसर्थ, राजनीतिक हिसाबले सेयर बजार सुरक्षित रहेको लगानीकर्ताले बताएका छन् । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले प्रजातान्त्रिक पद्धति अवलम्बन गर्ने काँग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनु पुँजी बजारका लागि राम्रो पक्ष भएको बताएका छन् । खुला नीति अंगीकार गर्ने पार्टीको नेतृत्वमा सरकार बनेकाले अर्थमन्त्री शर्माले पनि खुला अर्थनीतिको प्रयोग गर्ने आफूहरुलाई विश्वास रहेको उनले बताए । जसका कारण सेयर बजारमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ ।

0Shares