अन्तराष्ट्रिय

नवनिर्वाचितअमेरिकी उपराष्ट्रपतिले लगाइन् कोरोना खोप

0Shares

काठमाडौँ,पुस १५: अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले कोभिड–१९ खोप लगाएकी छन्। मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना खोप लगाएकी हुन । उनले कोरोनाविरुद्धको खोप लगाउन आफूले सबै नागरिकलाई प्रोत्साहित गर्ने बताएकी छन । खोप कतिबेला लगाइयो भनेर आफूले महसुस नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘कोरोनाको खोप पीडारहित र सुरक्षित छ, वैज्ञानिकप्रति मलाई भरोसा छ।’

0Shares