राष्ट्रिय

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

0Shares

काठमाडौ,वैशाख २० : आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन् । उनले ३०जिल्लामा २०० भन्दा बढी र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए। सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको बताए । उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको बताए ।

ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको बताए । यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालनमा ल्याइएको पनि बताए । देशका ठूला अस्पताल तथा मेडिकल कलेज हरुलाई कोभिड आइशोलेसन को रुपमा संचालन गर्ने समेत बताए ।

0Shares