नागरिकता अध्यादेश सम्बन्धी मुद्दा हेर्दाहेर्दैमाः अब २७ गते सुनुवाइ
काठमाडौ,जेठ २१ : सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्धको मुद्दामाथि आज बाट प्रारम्भिक सुनुवाइ शुरु भएको छ । प्रारम्भिक सुनुवाइ शुरु भएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबराले आजै सो मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका थिए ।
जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई इजलासमा राखेका छन् । जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् । सो इजलासले नागरिकता सम्वन्धि अध्यनदेशको मुद्दालाई २७ जेठसम्मका लागि हेर्दाहेदैमा राखेको हो । अध्यादेशबिरुद्ध सर्वोच्चमा ६ वटा रिट परेका छन् । जसमध्ये शुक्रवार चारजना रिट निवेदकका तर्फबाट बहस भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९ जेठमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।