राष्ट्रिय

नागरिक लगानी कोषको नाफा बढ्यो,

0Shares

काठमाण्डौ, माघ ३० : नागरिक लगानी कोषले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। पुस मसान्तसम्ममा कम्पनीले ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड ५३ लाख रुपैयाँ अर्थात ८.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सो अवधिमा कम्पनीको कुल आम्दानी ५१ करोड १२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च १२ करोड ९९ लाख रुपैयाँबाट बढेर १३ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, सो अवधिसम्ममा कम्पनीले १ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ लगानी गरेको छ। जसमध्ये १ अर्ब ५ करोड रुपैयाँ नेपाल सरकारको ऋणपत्रमा लगानी गरेको छ भने १ खर्ब १ अर्ब ६६ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको छ। कम्पनीको बैंक मौज्दात ७२ करोड रुपैयाँ रहेको छ कम्पनीको शेयरपूँजी १ अर्ब ६४ करोड ६ लाख रुपैयाँ रहेको छ। नाफामा सामान्य सुधार भएपनि कम्पनीको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३८ रुपैयाँ रहेको यस कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३६ रुपैयाँमा झरेको छ। कम्पनीको चुक्ता पूँजी तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानीमा गिरावट देखिएको हो। कम्पनीको प्रतिशेयर नेटवर्थ भने २४५ रुपैयाँबाट बढेर २४८ रुपैयाँ पुगेको छ।

0Shares