पुंजीबजार

नागरिक लगानी कोषलाई ८२.८४% हकप्रद बिक्री गर्न अनुमति

0Shares

नागरिक लगानी कोषले ८२.८४% हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । कम्पनीले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । संस्थाले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद जारी गर्नेछ । यस हकप्रद सेयरमा निष्काशन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ लिमिटेडले गर्नेछ । हाल कोषको चुक्ता १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पुँजी ३ अर्ब पुग्नेछ । 

0Shares