पुंजीबजार

नासाले सबै ब्रोकर कम्पनीलाई पछी पार्दै पहिलो स्थानमा

0Shares

काठमाडौ,चैत १: पुसदेखि फागुन २३ सम्मको कारोबारमा सबै ब्रोकर कम्पनीलाई नासाले जितेको छ।गएको दुई महिनामा ३९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार गर्दै नासाले सबै ब्रोकर कम्पनीलाई पछि पारेको हो। उसले कारोबार रकमको आधारमा सबै ब्रोकर कम्पनीहरूलाई उछिनेको हो।
त्यस्तै गरी मोफसलमा हुने शेयर कारोबारमा आर्य ताराले पहिलो स्थानको बाजी मारेको छ। मोफसलका ब्रोकर कम्पनीहरूको कारोबारमा आर्य तारा सबैभन्दा अघि देखिएको छ। आर्या ताराले चार अर्ब ४८ करोड रुपैयाँको कारोबार गर्दै सबै रिमोट वर्क स्टेसन(आरडव्लुएस)लाई पछि पारेको हो।गएको दुई महिनामा मुलुक भरिमा सबैभन्दा बढी शेयर कारोबार गर्ने १० ब्रोकर कम्पनीको सूचीमा नासा सबैभन्दा अघि देखिएको छ भने दोस्रो स्थानमा अनलाइन सेक्युरिटिज छ। उसले २८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार गर्दै दोस्रो स्थान हासिल गरेको हो। उत्कृष्ट १० को सूचीको तेस्रो स्थानमा इम्पेरियल सेक्युरिटिज परेको छ। उसले २८ अर्ब ५१ करोड रुपैयाँको कारोबार गर्दै तेस्रो स्थान हासिल गरेको हो। उत्कृष्ट १० ब्रोकर कम्पनीहरूको सूचिमा दीपशिखा धितोपत्र कारोबार कम्पनी १० औ स्थानमा छ। उसले १६ अर्ब ८५ करोड रुपैयाँको कारोबार गर्दै १०औ स्थान हासिल गरेको हो।
पहिलो स्थान ओगट्ने नासाले कारोबारको रेसमा फराकिलो अन्तरले अरूलाई पछाडि पारेको छ। पहिलो र दोस्रो स्थानको अन्तर नै ३६.६७ प्रतिशतको देखिएको छ।

0Shares