अन्तराष्ट्रिय

नासा मङ्गल ग्रहमा हेलिकप्टर उडाउन सफल

0Shares

काठमाडौ,वैशाख ७: अमेरिकी अन्तरिक्ष संस्था नासा मङ्गल ग्रहमा एक सानाे हेलिकप्टर उडाउन सफल भएकाे छ । इन्ज्युनिटी नामकाे याे ड्राेन हावामा एक मिनेटभन्दा कम समयका लागि रहेकाे थियाे तर नासाले यसलाई निकै ठूलाे उपलब्धि मानेकाे छ । पृथ्वीबाट सञ्चालित र नियन्त्रित गरेर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो पटक भएकाले नासाले यसलाई ठूलाे उपलब्धि मानेकाे हाे । मङ्गल ग्रहकाे एक उपग्रहकाे माध्यमबाट हेलिकप्टरकाे डाटा पृथ्वीमा पठाएपछि यसकाे पुष्टि भएकाे हाे । 

नासाले आउँदा दिनमा अरू साहसी उडान देख्न मिल्ने विश्वास व्यक्त गरेकाे छ । नासाका अनुसार प्रविधिकाे सीमा र इन्जिनियरहरूद्वारा जाँच गरिएपछि इन्ज्युनिटीलाई अझ माथि र लामाे उडान भर्न निर्देशन दिइनेछ । अमेरिकाकाे पासाडेनामा नासाकाे जेट प्राेपल्शन लेबाेरेटरीमा इन्ज्युनिटीकी प्राेजेक्ट म्यानेजर मिमि युङले भन्नुभएकाे छ, ‘अब हामी मानिसले कुनै दाेस्राे ग्रहमा एक राेटरक्राफ्ट उडाएकाे भन्न सक्छाैँ ।’मङ्गल ग्रहमा हावामा उडान निकै कठिन छ । त्यहाँकाे वायुमण्डल निकै पातलाे छ, जुन पृथ्वीकाे वायुमण्डलकाे मात्र एक प्रतिशत हाे । लिफ्ट पाउनका लागि राेटरक्राफ्टकाे ब्लेडले निकै जाेर लगाउनु पर्छ ।यही कारण इन्ज्युनिटीलाई निकै हलुका बनाएर त्यसकाे ब्ल्डलाई २५ सय चक्कर प्रति मिनेटभन्दा धेरै घुम्ने शक्ति दिइयाे । याे सुरुवाती सफलताले गर्दा टाढाकाे ग्रहलाई पत्ता लगाउने तरिका परिवर्तन गर्न सक्ने नासाले विश्वास व्यक्त गरेकाे छ । भविष्यकाे राेभर्सका लागि ड्राेनकाे उपयाेग हुन सक्छ, यहासम्म कि मङ्गलमा पुगेपछि अन्तरिक्ष यात्रीले पनि यसकाे प्रयाेग गर्न सक्छन् । नासाले पहिले नै शनि ग्रहकाे सबैभन्दा ठूलाे उपग्रह टाइटनकाे लागि एक हेलिकप्टर मिसनलाई अनुमति दिइसकेकाे छ । यस मिसनकाे नाम ड्र्यागनफ्लाई राखिएकाे छ । याे टाइटनमा सन् २०३० काे दशककाे मध्यमा पुग्ने आश गरिएकाे छ ।

0Shares